












४९
Shares
धादिङ: धादिङको थाक्रे ९ स्थित छापचौतारा आधारभूत स्वास्थ्य सेवा केन्द्रमा प्रजनन स्वास्थ्य रुग्णता जाँच तथा व्यवस्थापन सम्बन्धी शिविर सम्पन्न भएको छ।
थाक्रे गाउँपालिका द्वारा आयोजना गरिएको उक्त शिविर जेठ ५ गते सम्पन्न भएको हो। शिविरमा विभिन्न स्वास्थ्य समस्यासम्बन्धी जाँच, परामर्श तथा व्यवस्थापन सेवा प्रदान गरिएको थियो।



शिविरमा कुल ९४ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएको आयोजकले जनाएको छ। ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै महिलाको प्रजनन स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
स्थानीय बासिन्दाले गाउँमै विशेषज्ञ स्वास्थ्य सेवा पाउँदा सहज भएको बताएका छन्। यस्ता स्वास्थ्य शिविरले समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।






