FLASH NEWS

सरकार द्वारा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ जेष्ठ ५, मंगलबार (३ घण्टा अघि)
  • ३२

    Shares

सरकार द्वारा समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता दिन सुरु

काठमाडौँ:   सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई रकम फिर्ता दिन सुरु गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज तीन वटा सहकारीका ३७८ जना साना बचतकर्तालाई बचत रकम फिर्ता गरेको हो।

समितिका अनुसार कान्तिपुर सहकारी का २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारी का १५६ जना र पशुपति सहकारी का सात जना बचतकर्ताले रकम फिर्ता पाएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावल को सचिवालयका अनुसार पहिलो चरणमा कम रकम बचत गरेका बचतकर्तालाई भुक्तानी गरिएको हो। आगामी दिनमा बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः सबै बचतकर्तालाई रकम फिर्ता गरिने जनाएको छ।

समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको करिब ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ। तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन्।

पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरूलाई ‘साना बचतकर्ता’ र पाँच लाखभन्दा बढी बचत गर्नेहरूलाई ‘ठूला बचतकर्ता’ का रूपमा वर्गीकरण गरिएको छ। कुल ७६ हजार बचतकर्तामध्ये करिब १८ हजार जनाको बचत पाँच लाख रुपैयाँभन्दा बढी रहेको समितिले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस