FLASH NEWS

सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख ७, सोमबार (६ घण्टा अघि)
  • ४२

    Shares

सरकारी कर्मचारीलाई  अब १५ दिनमै तलब

काठमाडौँ : सरकारले अबदेखि सरकारी कर्मचारीहरूलाई पाक्षिक रूपमा तलब–भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।

यस नयाँ व्यवस्था कार्यान्वयनका लागि अर्थ मन्त्रालयले महालेखा नियन्त्रक कार्यालयलाई पत्र पठाएको छ। यसअघि सरकारी कर्मचारीहरूको तलब–भत्ता मासिक रूपमा, महिना समाप्त भएपछि भुक्तानी गरिँदै आएको थियो।

अर्थ मन्त्रालयका सहसचिव डा. सुमन दाहालका अनुसार कर्मचारीलाई समयमै सुविधा उपलब्ध गराउने उद्देश्यले पाक्षिक भुक्तानी प्रणाली लागू गरिएको हो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस