FLASH NEWS

आज पनि यी स्थानमा पानि पर्ने

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख ७, सोमबार (६ घण्टा अघि)
  • ३३

    Shares

आज पनि यी स्थानमा पानि पर्ने

काठमाडौँ :   नेपालको मौसममा हाल पश्चिमी तथा स्थानीय वायुका साथै पूर्वी नेपाल नजिक रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव देखिएको छ। यसका कारण देशका विभिन्न भू-भागमा बदली, वर्षा तथा हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहेको छ। सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र र कोशी प्रदेशको तराई भू-भागमा पनि आंशिक बदली देखिएको छ।

यतिबेला कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको छ भने अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहेको छ।

सोमबारका लागि गरिएको मौसम पूर्वानुमान अनुसार कोशी प्रदेशसहित अन्य पहाडी तथा हिमाली क्षेत्रमा बदली रहनेछ भने तराईका क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ।

कोशी र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्र तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ।

यसैबीच पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहँदा तराई तथा भित्री मधेस क्षेत्रमा गर्मी बढ्ने देखिएको छ। मधेस प्रदेशसहित बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका जिल्ला, उपत्यका तथा खोँच क्षेत्रमा तापक्रम बढेर तातो दिन हुने सम्भावना छ।

बढ्दो तापक्रम र तातो हावा चल्न सक्ने भएकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन्।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस