FLASH NEWS

आधारशिला सहकारिमा अचार बनाउने तालिम सुरु, महिलालाई सीप विकासमा जोड

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८३ बैशाख ६, आईतबार (२ घण्टा अघि)
  • ९१

    Shares

आधारशिला सहकारिमा अचार बनाउने तालिम सुरु, महिलालाई सीप विकासमा जोड

थाक्रे:   धादिङको थाक्रे गाउँपालिका–९ पिपलचौरमा रहेको आधारशिला सामाजिक उद्यमी महिला कृषि सहकारी संस्था लि.ले अचार बनाउने तालिम सुरु गरेको छ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत कार्यक्रम कार्यान्वयन इकाइ गजुरी, धादिङको आर्थिक सहयोग तथा सहकारी संस्थाको आयोजनामा सुरु गरिएको उक्त तालिम ८ गतेसम्म सञ्चालन हुने सहकारीका अध्यक्ष प्रमिला पण्डितले ‘टोलटोलको खबर’सँगको कुराकानीमा बताउनु भयो।
तालिममा रजनी लामाले सहजीकरण गरिरहनुभएको छ भने विभिन्न प्रकारका अचार बनाउन सिकाइने व्यवस्थापक सोभिता दाहालले बताउनुभयो।
उक्त तालिमले स्थानीय महिलाहरूलाई सीप विकास गर्दै आयआर्जनमा सहयोग पुग्ने विश्वास लिइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस