
३९
Shares
काठमाडौँ: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशसहित देशका हिमाली तथा उच्च पहाडी भूभागमा आंशिक बदली रहेको छ।
आज दिउँसो तराईका केही स्थानमा हुस्सु तथा कुहिरो रहने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा सामान्यतया बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। साथै, कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
आज राति तराईका थोरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।






