
४४
Shares
काठमाडौँ: हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन। तराई भूभागका केही स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने पहाडी र हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना छ। कोशी प्रदेशका पहाडी तथा हिमाली भाग र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
त्यस्तै, राति तराईका केही स्थानमा हुस्सु लाग्नेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने सम्भावना रहेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।






