FLASH NEWS

धादिङमा पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सुरु हुँदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ २२, बिहिबार (१४ घण्टा अघि)
  • ७६

    Shares

धादिङमा पाठेघरको मुखको क्यान्सर विरुद्ध एचपिभी खोप अभियान सुरु हुँदै

राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत पाठेघरको मुखको क्यान्सर विरुद्ध एच.पि.भी. खोप अभियान धादिङ जिल्लामा माघ २७ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने भएको छ।

जनस्वास्थ्य कार्यालय धादिङका अनुसार स्थानीय तह अनुसार खोप लगाउने मिति, समय तथा स्थान फरक–फरक हुने भएकाले लक्षित समूहले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन आग्रह गरिएको छ।

यो खोप कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा विद्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीहरूलाई दिइनेछ। साथै, गत वर्षको एच.पि.भी. खोप अभियानमा छुटेका हाल कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेरका किशोरीहरूलाई पनि खोप लगाइने जनाइएको छ।

खोप पूर्ण रूपमा निःशुल्क उपलब्ध हुने र सुरक्षित रहेको जनस्वास्थ्य कार्यालय धादिङले जनाएको छ। पाठेघरको मुखको क्यान्सर जस्तो गम्भीर रोगबाट बच्नका लागि लक्षित समूहका किशोरीहरूलाई अनिवार्य रूपमा खोप लगाउन कार्यालयले आग्रह समेत गरेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस