
४९
Shares
प्रेस चौतारी नेपालको २८औं स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल धादिङ शाखाले चियापान तथा छलफल कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको छ।



कार्यक्रममा पत्रकारिता क्षेत्रको वर्तमान अवस्था, प्रेस स्वतन्त्रता, व्यावसायिक मर्यादा तथा संगठनहरूको भूमिकाबारे छलफल गरिएको थियो। सहभागीहरूले जिम्मेवार, निष्पक्ष र तथ्यपरक पत्रकारितालाई अझ सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
प्रेस चौतारी नेपाल धादिङका अध्यक्ष अर्जुन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रेस चौतारी नेपालका पदाधिकारी तथा सदस्यहरूका साथै अन्य पत्रकार संगठनहरूमा आबद्ध पत्रकारहरूको समेत उपस्थिति रहेको थियो। स्थापना दिवसको अवसरमा आपसी सद्भाव, सहकार्य र एकता अभिवृद्धि गर्ने उद्देश्यले चियापान कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।






