
५८
Shares
काठमाडौँ : निर्वाचन आयोगले ३६ जना जिल्ला न्यायाधीशलाई जगेडामा रहने गरी मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत तोकेको छ। आयोगले आइतबार ७७ जना जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको हो।



आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि मिति तोकिएको छ। यही पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधिसभा सदस्य ऐन, २०७४ को दफा ८ बमोजिम न्याय परिषद्को परामर्शमा ८८ जनालाई मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार नियुक्त मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतलाई आगामी माघ २ गतेदेखि सम्बन्धित निर्वाचन क्षेत्रमा खटिन निर्देशन दिइएको छ। साथै, मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचनसम्बन्धी कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत १६५ जना र समानुपातिक निर्वाचन प्रणालीमार्फत ११० जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ।








