६९
Shares
  
   
 
काठमाण्डौ : आजदेखि मौसम पुनः बदलीको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदलीसहित केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।



आज र भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै ठाउँमा तथा बाँकी प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराइ भागको एक/दुई ठाउँमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार यसअघिको जस्तो ठूलो पानी पर्ने सम्भावना भने छैन । तर पनि कृषि, पर्यटन, पर्वतारोहणलगायत स्वास्थ्यमा केही असर पर्न सक्ने भएकोले मौसमी जानकारी लिन उहाँको आग्रह छ । पश्चिमी वायुको प्रभाव काठमाण्डौ उपत्यकामा पनि देखिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।








