FLASH NEWS

पण्डित पौवामा श्री गणेश, भिमशेन र सरस्वती जात्रा कार्तिक २२ र २३ गते

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ कार्तिक १६, आईतबार (३ महिना अघि)
  • ३३६

    Shares

पण्डित पौवामा श्री गणेश, भिमशेन र सरस्वती जात्रा कार्तिक २२ र २३ गते

धादिङ्ग, थाक्रे गाउँपालिका–९ स्थित पण्डित पौवामा प्रत्येक वर्षझैं यस वर्ष पनि श्री गणेश, भिमशेन र सरस्वती जात्रा यही कार्तिक २२ र २३ गते (तृतीया र चतुर्थी तिथि)का दिन भव्य रूपमा सञ्चालन हुने भएको छ।

गुठीका गुठियारका अनुसार जात्राको अवसरमा बञ्चाबली दिइएर मुकुटलाई नेवारी बाजा, पञ्चे बाजा तथा भजनसहित रथमा राखी नचाइने परम्परा रहेको छ। हरेक वर्ष कार्तिक वर्षको तृतीया र चतुर्थीका दिन मनाइँदै आएको यो जात्रा पण्डित पौवा क्षेत्रमा एक महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा परिचित छ।

गुठी परिवारले यस वर्षको जात्रालाई सबल र भव्य बनाउन सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई उपस्थितिको लागि अनुरोध गरेको छ। साथै यस वर्षको जात्रा २०२ औँ को जात्र रहेको जनाइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस