FLASH NEWS

प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ कार्तिक १६, आईतबार (६ घण्टा अघि)
  • ४८

    Shares

प्रधानमन्त्री कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्दै

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गर्ने हुनुभएको छ।

अपराह्न ४ बजे बालुवाटारमा बैठक आह्वान गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकमा कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका मुख्यमन्त्रीहरू क्रमशः हिक्मतबहादुर कार्की, जितेन्द्रप्रसाद सोनार, इन्द्रबहादुर बानियाँ, सुरेन्द्रराज पाण्डे, चेतनारायण आचार्य, यामलाल कँडेल र कमलबहादुर शाहको उपस्थिति रहनेछ।

प्रधानमन्त्री कार्कीले परिवर्तित अवस्थामा संघ र प्रदेश सरकारबीच संवाद गर्न र सहकार्य थप सघन बनाउन बैठक आह्वान गर्नु भएको हो।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस