FLASH NEWS

थाक्रे–६ वडा कार्यालय नयाँ स्थानमा स्थानान्तर गरि सेवा सुरु

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ कार्तिक १२, बुधबार (३ घण्टा अघि)
  • १७७

    Shares

थाक्रे–६ वडा कार्यालय नयाँ स्थानमा स्थानान्तर गरि सेवा सुरु

धादिङ :  थाक्रे गाउँपालिका वडा नं. ६ को कार्यालय साविक भाडामा रहेको स्थानबाट स्थानान्तरण भई अब महादेवबेसी स्वास्थ्य चौकीको माथिल्लो  तलाबाट सेवा प्रवाह गर्न थालेको छ।

वडा कार्यालयले बुधबार एक चियापान कार्यक्रम आयोजना गरी सो स्थानबाट औपचारिक रूपमा सेवा सुरु गरेको हो। सूचना तथा जानकारी आदान–प्रदानको उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा वडा अध्यक्ष हिरा बहादुर थापा (राजेन्द्र) ले अब नयाँ स्थानबाट अझ सहज र प्रभावकारी रूपमा सेवा प्रवाह हुने बताउनुभयो।

कार्यक्रममा पूर्व वडा अध्यक्ष पूर्णबहादुर कार्कीले शुभकामना व्यक्त गर्दै नयाँ स्थानबाट वडा वासिलाई अझ राम्रो सेवा दिन सुझाव दिनुभयो।
त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम लम्सालले अब भाडा तिर्नु नपर्ने भएकाले त्यस रकम अन्य विकास योजनामा लगानी गर्न सकिने र आर्थिक रूपमा पनि बचत हुने बताउनुभयो।
गाउँपालिकाका उपाध्यक्ष यान्त्र बहादुर थापाले पनि कार्यक्रममा शुभकामना व्यक्त गर्दै वडाले अब स्थायी कार्यालयको बाटोमा अघि बढेकोमा खुसी व्यक्त गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले अस्थायी रूपमा भए पनि वडा कार्यालयले अब भाडा तिर्नु नपर्ने गरी आफ्नै स्थानबाट सेवा सुरु गरेकोमा सबैलाई धन्यवाद दिनुभयो। उहाँले निकट भविष्यमा स्थायी भवन निर्माणका लागि पालिका अग्रसर हुने र यश कार्यमा सबै लाग्नु पर्ने बताउनुभयो।

सभा अध्यक्ष समेत रहनु भएका वडा अध्यक्ष हिरा बहादुर थापाले सबै अतिथि, जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी र स्थानीयलाई धन्यवाद दिँदै सबैको सहयोगले वडाले यो स्तरमा आइपुग्न सफल भएको बताउनुभयो। उहाँले अब अझ प्रभावकारी सेवा दिन सहज भएको र सबैको साथ र सहयोग रहेमा छिट्टै स्थायी भवन निर्माण गर्ने लक्ष्य रहेको पनि बताउनुभयो।
कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवी,कर्मचारी , सरोकारवाला तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस