FLASH NEWS

आज पनि तिहारको सार्वजनिक बिदा

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ कार्तिक ७, शुक्रबार (३ महिना अघि)
  • २३४

    Shares

आज पनि तिहारको सार्वजनिक बिदा

काठमाडौँ : तिहार बिहीबार नै सकिए पनि शुक्रबार सरकारी बिदा बाँकी नै रहेको छ। सरकारले शुक्रबार पनि तिहारकै नाममा बिदा दिएको हो।

गृह मन्त्रालयले प्रकाशन गरेको राजपत्रमै पनि यो वर्ष कात्तिक ३ देखि ७ गते शुक्रबारसम्म तिहार बिदा उल्लेख छ। तिथि घटबढका कारण यो वर्ष लक्ष्मीपूजा र भाइटीकाकै बिचमा पनि एक दिन बिदा थपिएको थियो। यससँगै यो वर्ष तिहारको बिदा पाँच दिनको भएको छ।

लामो सरकारी बिदाका कारण सरकारी कार्यालयका काम प्रभावित हुने र सेवाग्राहीले कठिनाइ भोग्नुपर्ने भन्दै विरोध हुने गरे पनि सरकारले तिहारका नाममा बिदा दिएको हो। सोमबारदेखि बन्द सरकारी कार्यालय एक सातापछि आइतबार मात्र खुल्नेछन्। आइतबार खुले पनि सोमबार मिथिलाञ्चलको महान् पर्व छठ परेको छ। यो दिन पनि सार्वजनिक बिदा छ।

केही वर्षअघि तिथिकै घटबढका कारण विभिन्न समुदायले छुट्टाछुट्टै दिन भाइटीका मनाएपछि सरकारले पछाडि एक दिन बिदा दिन शुरु गरेको थियो। तर केही पर्व नपरे पनि बिदा दिने क्रम भने रोकिएको छैन।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस