FLASH NEWS

फागुन २१ गते हुने चुनावको कार्यतालिका स्वीकृत

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ आश्विन २१, मंगलबार (६ दिन अघि)
  • ८३

    Shares

फागुन २१ गते हुने चुनावको कार्यतालिका स्वीकृत

निर्वाचन आयोगले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार मङ्सिर एक गतेदेखि १० गतेसम्म चुनावी प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको आयोगले जनाएको छ । कार्यतालिका अनुसार पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि आउँदो माघ दुई गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । यस्तै, फागुन तीन देखि १८ गतेसम्म चुनाव प्रचारप्रसार हुने र त्यसपछि प्रचारप्रसार निषेधको अवधि रहने छ ।

फागुन २१ गते बिहान सात बजेदेखि बेलुकी पाँच बजेसम्म मतदान हुने र दुवै निर्वाचन प्रणालीतर्फको मतपेटिका सङ्कलन भएपछि मतगणना शुरू गरिने छ । समानुपातिक निर्वाचन प्रणालीका लागि मङ्सिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने, पुस १८ र १९ गते बन्दसूची पेस गर्ने कार्यक्रम रहेको रहेको आयोगको विज्ञप्तिमा उल्लेख छ ।
आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले मात्र चुनावी प्रयोजनका लागि दल दर्ता गर्न पाउने कानूनी व्यवस्था रहेको हुँदा चुनावमा भाग लिन चाहनेहरुले आउँदो कात्तिक ३० गतेभित्र राजनीतिक दल दर्ताको प्रमाणपत्र लिइसक्नु पर्ने आयोगले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस