FLASH NEWS

सुन आज तोलामा एक हजार एक सय रुपैयाँले घट्यो

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८२ जेष्ठ ९, शुक्रबार (१ हप्ता अघि)
  • ७०

    Shares

सुन आज तोलामा एक हजार एक सय रुपैयाँले घट्यो

काठमाण्डौ : सुनको भाउ आज एकैदिन तोलामा एक हजार एक सय रुपैयाँले घटेको छ । सुन शुक्रबार तोलामा एक हजार एक सय रुपैयाँले घटेर एक लाख ९० हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

कारोबार भएको हप्ताको पहिलो दिन जेठ ४ गते आइतवार सुनको भाउ तोलाको एक लाख ८२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो । कारोबार भएको पहिलो र अन्तिम दिनको तुलना गर्दा सुनको भाउ तोलामा ६ हजार दुई सय रुपैयाँले बढेको हो ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेर दुई हजार पाँच रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार २५ रुपैयाँ कायम भएको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस