FLASH NEWS

सुन एकैदिन ४ हजार ६ सय घट्यो

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८२ बैशाख १८, बिहिबार (२ घण्टा अघि)
  • ३९

    Shares

सुन एकैदिन ४ हजार ६ सय घट्यो

काठमाडौं : बिहीबार एकैदिन सुनको भाउ तोलामा ४ हजार ६ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ८३ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घटेपछि नेपालमा प्रभाव परेको हो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९६५ रुपैयाँ रहेको चाँदी आज १९१५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस