६७
Sharesलागौं है कृषि क्रान्तिमा
कृषक हो, ल्याऊँ नयाँ धारणा ,
रोपौ उन्नत बीउ हाइबृडका
पूरा गरौं चाहना,
गोठे गोबर खादले जमिन
यो पारी अझै उर्वर ,
पैदावार बढाउ है कृषक हो
निश्चिन्त भै दोब्बर ।
माटोको क्षमता बढाउन
सके बाँच्ने छ यो जीवन
माटोमा ममता मिसाउन
सके हाँस्ने छ यो जीवन ,
माटोको गुण उर्वरापन गए
अस्तित्व नै के छ र ?
सारा सृष्टि छ आज यही
भरमा माटो पियारो घर।
बाली भिन्न प्रजातिका
असल ती आलो र पालो गरि,
रोपे बढ्दछ उब्जनी कृषक
हो विज्ञानको पद्धति ,
माटोको गुण त्यो परीक्षण
गरी खेती सबैले गरे,
तर्कारी फलफूल अन्न
सहजै फल्नेछ यो निश्चय ।।