FLASH NEWS

सुन तस्करीमा संलग्न भएको आशंकामा थप चार चिनिँया नागरिक पक्राउ

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०८० श्रावण ३१, बुधबार (२ साल अघि)
  • ५०४

    Shares

सुन तस्करीमा संलग्न भएको आशंकामा थप चार चिनिँया नागरिक पक्राउ

३१ साउन, २०८०।    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट अवैध रुपमा सुन तस्कर गर्ने गिरोहमा संलग्न भएको आशंकामा थप चार चीनिँया नागरिक पक्राउ परेका छन् ।
चीनीयाँ नागरिकहरु तायन नि, वीङ ताङ, वीङ साङ फा र लि नाङ काईलाई काठमाडौंको विभिन्न क्षेत्रबाट केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीको टोलीले उनीहरुलाई आज नियन्त्रणमा लिइएको केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेका मध्ये २ जना भने नेपालबाट चीन जान लागेका बेला पक्राउ परेका हुन् । चार जनालाई पाँच दिनसम्म हिरासतमै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।

यससँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ । यही साउन ३ गते विमानस्थलस्थित भन्सार कार्यालयबाट ६० किलो सुन भित्रिएको थियो । सुन तस्करीको विषयमा राजस्व छली र संगठित अपराधमा विभाग र सीआइबीले अनुसन्धान र छानबिन गरिरहेको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस