धादिङको धुनिबेशी ३ मा रहेको धुनिबेशी आदर्श क्याम्पसमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
धुनिबेशी आदर्श क्याम्पसले धुनिबेशी नगरपालिकाबाट २०७८ सालमा माध्यमिक तह कक्षा १२ उतीर्ण विद्यार्थीहरुलाई सम्मान तथा दशै तिहारको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको हो । त्यसै कार्यक्रमका वीचमा समाज सेवीहरुलाई समेत समान गरिएको क्याम्पस प्रमुख जीवनाथ ढकालले बताउनु भयो ।
क्याम्पस व्यवसथापन समितिका अध्यक्ष राजु प्रसाद कंडेलको अध्यक्षता रहेको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथता रहेको थियो भने धुनिबेशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य,उपमेयर सुरज उप्रेती, मधु श्रेष्ठ ,धुनिबेशी नगर भित्रका बिधालयको प्रमुख तथा प्रतिनिधि बिभिन्न संघ सस्थाका प्रमुख तथा प्रतिनिधि लगायत विभिन्न व्यक्ति, शिक्षक, विद्यार्थीहरुको सहभागीता रहेको थियो ।