FLASH NEWS


हाइवे बचत तथा ऋण सहकारीको १६औं बार्षिक साधारण सभा सम्पन्न

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०७९ आश्विन ८, शनिबार (२ साल अघि)
  • २४०

    Shares

हाइवे बचत तथा ऋण सहकारीको १६औं बार्षिक साधारण सभा सम्पन्न

धादिङको गल्छी गाउपालिका ६ बैरेनीमा रहेको हाइवे बचत तथा ऋण सहकारी संस्था लि.को १६औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारीले बार्षिक साधारण सभा मार्फत बार्षिक प्रतिवेदन २०७९ संस्थाका कोषाध्यक्ष राम बहादुर अधिकारीले प्रस्तुत गर्नु भएको थियो ।

IMG_6067.JPG
वि.स २०६३ सालमा ४७ जनाबाट शुरुवात भएको यस सहकारीको शेयर पुँजी २ करोड ७७ लाख २५ हजार ३ सय रहेको छ । निक्षेप रकम १७ करोड १० लाख ४ हजार ८ सय ४९ रुपैयाँ , ऋण लगानी १९ करोड ६१ लाख ४७ हजार ६ सय ८४ रुपैयाँ, खुद बचत १ करोड ३५ हजार ७ सय ८५ रुपैयाँ, जगेडा कोष २ करोड ७६ लाख ८२ हजार, अन्य कोषहरुमा १ करोड ८१ लाख ७७ हजार १ सय २ रुपैयाँ रहेको सहकारीको जम्मा कारोवार रकम २४ करोड ७६ लाख ६७ हजार ७८ रुपैयाँ रहेको सहकारीका कोषाध्यक्ष राम बहादुर अधिकारीले बताउनु भयो  ।

IMG_6068.JPG

                       तस्विर:-  शिवराज आचार्य

संस्थामा अहिले ४हजार १सय ४५ जना शेयर सदस्य रहेका छन्। कार्यक्रमका वीचमा सहकारीले आफ्ना उत्कृष्ट शेयर सदस्य,वाल बचत कर्ता , उत्कृष्ट कारोवार गर्ने बचत कर्रता , उत्कृष्ट कर्मचारी लगायतलाई सम्मान समेत गरेको सहकारीका अध्यक्ष उमा नेपालले बताउनु भयो । कार्यक्रमा गल्छी गाउँपालिका अध्यक्ष केदार नाथ खतिवडा, जिल्ला सहकारी संघका अध्यक्ष रामचन्द्र आचार्य, गल्छी र थाक्रेका वडा अध्यक्षहरु विभिन्न सहकारी सगं आवद्ध भएको व्यक्तिहरुको लगाएत को सहभागीता रहेको थियो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस