FLASH NEWS


संबिधान दिवसको अवसरमा धादिङका बिभिन्न स्थानमा रक्तदान कार्यक्रम गरियो ।

  • टोलटोलको खबर
  • शिक्षा
  • प्रकाशित मिति:
  • २०७९ आश्विन ३, सोमबार (२ साल अघि)
  • २९२

    Shares

संबिधान दिवसको अवसरमा धादिङका बिभिन्न स्थानमा रक्तदान कार्यक्रम गरियो ।

धादिङको थाक्रे गाउपालिका ६ महादेबबेशी मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान जिवनदान  रक्तदान महादान तपाईंको एक पौन रगतले तीन जना सम्मको जीवन रक्ष्या गर्न सक्छ । त्यसैले १८ बर्ष पूरा भएपछि नियमित रुपमा रक्तदान गरौ ।

भन्ने नाराका साथ संबिधान दिवसको आवसरमा नेपाल रेडक्रस सोसाइटि केवलपुर उप -शाखाको आयोजनामा सम्पन्न भएको रक्तदान कार्यक्रममा ६१ जना पुरुष र १४जना महिला गरि जम्मा ७५ जनाले रक्तदान गरेका छन् ।
थाक्रे गाउपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगि ) को प्रमुख आथित्यतामा सम्पन्न रक्तदान कार्यक्रममा बिभिन्न वडा अध्यक्षहरु , इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख अपुर्ब ढुङ्गाना , प्रहरीहरु स्थानिय लगाएतले रक्तदान गरेका थिय। उक्त कार्यक्रममा थाक्रे गाउपालिकाका उपाध्यक्ष यन्त्र बहादुर थापा (जिन्दगि ),वडा अधक्ष्यहरु , नेपाल रेडक्रस सोसाइटि जिल्ला शाखा धादिङ्ग का मन्त्रि दुर्लभ कुमार तामांग नेपाल रेडक्रस सोसाइटि केवलपुर उप -शाखाका पधाधिकारी हरु, प्रहरी ,स्थानिय लगाएतको सहभागिता रहेको थियो। भने प्राबिधिक सहयोग धुनिबेशी ६ धार्केमा रहेको साइबाबा सामुदायिक अस्पतालले गरेको थियो।


तेस्तै जिल्ला समन्वय समिति धादिङको प्रांगणमा पनि रक्तदान कार्यक्रम भएको छ। अनेरास्ववियु क्रान्त्रिकारी जिल्ला समिति धादिङको आयोजनामा भएको बृहत खुल्ला रक्तदान कार्यक्रममा १३ जनापुरुषले रक्तदान गरिएको नेपाल रेडक्रस सोसाइटि धादिङ जिल्ला शाखाका मन्त्रि नारायण कुमार श्रेष्ठले टोल टोलको खबर लाइ जानकारी दिनु भयो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस