FLASH NEWS

आफू सक्षम हुनुपर्छ। (कविता)

  • टोलटोलको खबर
  • कला/साहित्य
  • प्रकाशित मिति:
  • २०७९ आश्विन २, आईतबार (३ साल अघि)
  • २४२

    Shares

Post Thumbnail
गल्ती गर्नेले अरुसङ नसके आफैसङ भए पनि लजाएको हुनुपर्छ
अनि घर सुन्दर चाहनेले नारिलाइ फुलजस्तै सजाएको हुनुपर्छ
जबर्जस्ती आउ मेरो हात समाउ भनेर को मान्छ यहाँ
हात समाउन त पहिला दिलमा प्रेमको आभास हुनुपर्छ
एकदिन भेटेर कस्तो चैन तिम्रो जिन्दगि भन्नेलाई
के थाहा कसैले शून्य ती रातहरुमा कति रुनुपर्छ
सुन्दैमा कसैलाई कसैको आँखा अनि ओठ चलमलाउदैन
आँसु या हासो आउन त वचनले उसको दिलमा छुनुपर्छ
भन्छन् जोकोही पाएनन् रे सम्मान अनि मायाको चिनो
महोदय त्यस्को लागि त पहिला आफू सक्षम हुनुपर्छ।
हिरा लक्ष्मी श्रेष्ठ
हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस