FLASH NEWS

क्रियाशिल पत्रकार महिला धादिङको अध्यक्षमा सरिता श्रेष्ठ चयन

  • टोलटोलको खबर
  • समाचार
  • प्रकाशित मिति:
  • २०७९ भाद्र ३१, शुक्रबार (३ साल अघि)
  • ५२७

    Shares

क्रियाशिल पत्रकार महिला धादिङको अध्यक्षमा सरिता श्रेष्ठ चयन

क्रियाशिल पत्रकार महिला (डब्लुडब्लुजे) जिल्ला शाखा धादिङको अध्यक्षमा सरिता श्रेष्ठ चयन हुनुभएको छ । शुक्रबार धादिङबेशीमा सम्पन्न भएको चौथो जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती सर्वसम्मत चयन गरेको हो ।

तेस्तै  र्यसमितिको उपाध्यक्षमा गीता अधिकारी, सचिवमा गोमा थापा, सह–सचिवमा शुशिला विश्वकर्मा र कोषाध्यक्षमा सितल सापकोटा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सविना तामाङ र दिपा लम्साल चयन हुनुभएको छ । थप २ जना सदस्य कार्यसमितिले मनोनित गर्ने निर्णय गरिएको  छ ।

क्रियाशिल पत्रकार महिला धादिङका अध्यक्ष निरमाया गुरुङ (डोल्मा) को अध्यक्षतामा सम्पन्न अधिवेशनमा क्रियाशिल  पत्रकार महिला धादिङका सस्थापक अध्यक्ष गायत्री खतिवडा, प्रेस युनियन धादिङका अध्यक्ष पोषनाथ अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार महासङ्ग (फोनिज) धादिङका अध्यक्ष अर्जुन श्रेष्ठ, नेवा पत्रकार राष्ट्रिय दबु धादिङका अध्यक्ष सन्तोषराज श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस