FLASH NEWS

एमाले छाडेर बाहिरिएकाहरुलाई आफ्नो घरमा फर्कन नेकपा एमाले धादिङ द्वारा आव्हान

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०७९ भाद्र २७, सोमबार (३ साल अघि)
  • ४३९

    Shares

एमाले छाडेर बाहिरिएकाहरुलाई आफ्नो घरमा फर्कन नेकपा एमाले धादिङ द्वारा आव्हान

नेकपा एमाले छाडेर बाहिरिएकाहरुलाई आफ्नो घरमा फर्कन नेकपा एमाले धादिङले आव्हान गरेको छ ।

एमाले धादिङ जिल्ला कमिटि बैठकले बाटो विराएर घर छोडेर अन्यत्र बरालि रहनुभएका एमाले कार्यकर्ताहरुलाई ससम्मान घर फर्कन आव्हान गरेको हो ।कम्युनिष्ट पार्टी भन्दा बाहिर रहेका देशभक्त व्यक्तिहरुलाई पनि नेकपा(एमाले) मा समाहित हुन अनुरोध गरेको नेकपा एमाले उपसचिव राधिका सापकोटाले बताउनुुभयो ।

आगामी संघ र प्रदेशको निर्वाचनलाई मध्य नजर गर्दै एमालेले बहुमत ल्याउन र राष्ट्रियता र स्वाभिमानको रक्षा गर्न एमालेमा समाहित हुनका लागि आग्रह गरेको छ ।

एमाले बैठकले सम्पूर्ण देशभक्त नेपालीहरु एकातिर र देशद्रोही, दलाल,पुँजीपतिहरु अर्कातिर भईरहेको घर फर्कन आब्हान गर्दै सबे बामपन्थीहरुलाई समेत एमालेका समाहित भएर राष्ट्रियताको रक्षा गर्न आव्हान गरेको छ ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस