







२२२
Shares
धादिङ: प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धादिङका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्।



धादिङ क्षेत्र नं. १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ ३९ हजार १२८ मत प्राप्त गर्दै निर्वाचित हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूमि त्रिपाठीले १५ हजार ३१ मत प्राप्त गर्नुभएको छ। यस्तै राजेन्द्र प्रसाद पाण्डे ताराले १४हजार ७०९ मत प्राप्त गर्नु भएको छ भने कृष्ण रिजालले १०हजार ८० मत प्राप्त गर्नु भएको हो।
त्यसैगरी धादिङ क्षेत्र नं. २ मा रास्वपाका उम्मेदवार बोध नारायण श्रेष्ठ २६ हजार १४५ मतसहित विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रमेश धमलाले २० हजार २७९ मत प्राप्त गर्नुभएको निर्वाचन कार्यालयले जनाएको छ।
यससँगै धादिङका दुवै प्रतिनिधिसभा क्षेत्रमा रास्वपाले जित हात पारेको छ।






