FLASH NEWS

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र

  • टोलटोलको खबर
  • निर्वाचन २०८२
  • प्रकाशित मिति:
  • २०८२ माघ २६, सोमबार (१ घण्टा अघि)
  • ३५

    Shares

निर्वाचन आयोगद्वारा मतदाता शिक्षा कार्यक्रम तीव्र

काठमाण्डौ: निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनसम्बन्धी जानकारी गराउने उद्देश्यका साथ मतदाता शिक्षा कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएको छ।

मतदातालाई आफ्नो मताधिकारप्रति सचेत गराउने, सही मतसङ्केत प्रयोगका लागि प्रशिक्षित गर्ने तथा मत बदर हुने अवस्थालाई न्यूनिकरण गर्ने लक्ष्यसहित आयोगले डिजिटल प्लेटफर्ममार्फत निरन्तर सचेतनामूलक सामग्री सम्प्रेषण गरिरहेको जनाएको छ। आयोगका अनुसार यसले मतदातालाई सही र विश्वसनीय सूचना उपलब्ध गराउन सहयोग पुर्‍याउनेछ।

डिजिटल माध्यममा भइरहेको सचेतनालाई स्थानीय तहसम्म विस्तार गर्ने उद्देश्यले आयोगले यही माघ १९ गतेदेखि मतदाता शिक्षासम्बन्धी विशेष कार्यक्रम स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। स्वीकृत कार्यक्रमअनुसार हरेक पालिकाका प्रत्येक वडामा एक–एक जना स्वयंसेवक परिचालन गरिनेछ।

आयोगले प्रभावकारी मतदाता शिक्षाबाट मतदाताको मतदान प्रक्रिया, मतसङ्केतको प्रयोग तथा मिथ्या सूचना पहिचान गर्ने क्षमता अभिवृद्धि हुने विश्वास लिएको छ। यसले स्वतन्त्र, निष्पक्ष तथा विश्वसनीय निर्वाचन सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने आयोगको भनाइ छ।

उल्लेखनीय छ, प्रतिनिधिसभा सदस्यको निर्वाचन आउँदो फागुन २१ गते हुने तय भएको छ। निर्वाचन प्रणालीअनुसार प्रत्यक्षतर्फ १ सय ६५ जना र समानुपातिकतर्फ १ सय १० जना प्रतिनिधि निर्वाचित हुने व्यवस्था रहेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस