FLASH NEWS

देशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ माघ २६, सोमबार (१ घण्टा अघि)
  • ५४

    Shares

देशका पहाडी र हिमाली क्षेत्रमा आंशिक बदली, तराईमा हुस्सु र कुहिरो

काठमाडौँ:   तराईका केही क्षेत्रमा अहिले हुस्सु र कुहिरो लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहे पनि देशका अन्य स्थानमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बदली रहनेछ। तराईका अधिकांश भूभागमा भने बिहानीपख हुस्सु र कुहिरोको प्रभाव कायम रहने अनुमान गरिएको छ।

त्यसैगरी, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस