
५४
Shares
काठमाडौँ : देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन भएको छ। आज तराई भूभागका अधिकांश स्थानमा हुस्सु लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशसहित बाँकी पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ। यसैबीच, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।



हुस्सु र कुहिरोका कारण तराई क्षेत्रमा हवाई तथा स्थल यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ। काठमाडौँ उपत्यकाको आज बिहानको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस रह्यो भने अधिकतम तापक्रम १७ देखि १८ डिग्री सेल्सियसका बिच रहने अनुमान छ ।








