FLASH NEWS

धादिङ अस्पतालको ४९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ पौष ५, शनिबार (१ महिना अघि)
  • १९१

    Shares

धादिङ अस्पतालको ४९औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

धादिङ : धादिङ अस्पतालले आफ्नो ४९औँ वार्षिकोत्सव सप्ताहव्यापी विभिन्न कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। उत्सवको अवसरमा शुक्रबार आयोजित मूल समारोहमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री किरण थापा मगरले अस्पतालमा क्रमिक रूपमा विशेषज्ञ सेवा विस्तार गरिने घोषणा गर्नुभएको छ।
मन्त्री थापा मगरले धादिङ अस्पतालमा सिटी स्क्यान सेवा सुरु गर्न प्रस्ताव पेश गरिने जानकारी दिनुभयो। साथै डायलाइसिस मेसिन थप गरिसकिएको र मृगौला रोगीलाई धादिङमै सेवा उपलब्ध गराइएको उहाँले बताउनुभयो। स्वास्थ्य विभागको नाममा रहेको ३४ रोपनी जग्गा अस्पतालकै नाममा ल्याइने र त्यसपछि भौतिक पूर्वाधार विकासका लागि आवश्यक बजेट विनियोजन गरिने पनि उहाँको भनाइ थियो। धादिङमै नर्सिङ कलेज सञ्चालनको तयारीसमेत भइरहेको मन्त्री थापा मगरले जानकारी दिनुभयो।
कार्यक्रममा अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिकी अध्यक्ष राधिका सापकोटाले पछिल्लो समय धादिङ अस्पतालले उल्लेखनीय प्रगति गरेको बताउँदै अझ प्रभावकारी सेवा प्रदान गर्न सिटी स्क्यानलगायत थप विशेषज्ञ सेवा आवश्यक रहेको उल्लेख गर्नुभयो।
वार्षिकोत्सवकै अवसरमा विभिन्न विधामा उत्कृष्ट कर्मचारी, सहयोगी संस्था तथा कर्मचारीबीच आयोजित खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गरिएको थियो।
त्यसैगरी समारोहकै बीच निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाद्वारा लेखिएको ‘गुडबाइ सुगर एडिक्सन’ पुस्तकको पनि लोकार्पण गरिएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस