FLASH NEWS


पीडित मैत्री न्याय प्रणालीको ब्यबस्था हुनुपर्ने  महिला मानवअधिकार रक्षकहरुको माग

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८१ श्रावण २४, बिहिबार (५ महिना अघि)
  • १२०

    Shares

पीडित मैत्री न्याय प्रणालीको ब्यबस्था हुनुपर्ने  महिला मानवअधिकार रक्षकहरुको माग

२४ साउन,धादिङ  : महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङको आयोजना र ग्रामीण मुखी युवा अभियान (रोयम) नेपाल र एआइएनको आर्थिक सहयोगमा

सञ्चालित युवा महिलाहरुका लागि महिलावादी दृष्टिकोणबाट रुपान्तरित नेतृत्व सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम धादिङ बेशिमा बिहिवार सप्पन्न भएको छ ।

निलकन्ठ क्याम्पसमा स्नातक तहमा अध्ययनरत  छात्राहरु र विभिन्न संस्थाका कार्यरत महिला कर्मचारी गरि ३६ जनाको सहभागिता रहेको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक सुरेन्द्र रानाभाट, रोयम नेपालका परियोजना संयोजक हरिशरण धिताल, अधिवक्ता राधिका सापकोटा, महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल धादिङका अध्यक्ष गायत्री खतिवडाले लिङ्ग, लैङ्गिकता, लैङ्गिकताको आधारमा हुने हिंसा, कारण, प्रभाव, हानिकारक प्रथा परम्परा, घरेलु हिंसा, यौनजन्य दुव्र्यवहार, बलात्कार, बोक्सी आरोप, बालविवाह, बहुविवाह, सम्बन्ध विच्छेद, जिल्लामा महिला तथा बालबालिका सम्बन्धि घटनाको विश्लेषण लगायतका विषयमा सहजीकरण गर्नुभएको थियो ।

 

महिलावादी दृस्ठिकोण बाट बिषय बस्तुलाई बुझ्ने, महिला मानवअधिकारको सवाल महिलावादी अवधारणा बाट विश्लेषण गर्ने क्षमताको बिकास गर्ने , लैगिंक संवेदनशीलताको सोच बिकास गर्ने र लैंगिक अवधारणामा स्पष्टता ल्याउने उद्देश्यले संचालित कार्यक्रमको उद्घाटन निलकन्ठ नगरपालिका उपप्रमुख दिपक बिश्वकर्माले गर्नुभएको थियो ।

उद्द्घाटन कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक मकेन्द्रकुमार मिश्र, निलकन्ठ नगरपालिकाको महिला बालबालिका शाखा प्रमुख निर्मला के सि , गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी, पत्रकार महासंघका अध्यक्ष राजाराम शर्माले महिला मानवअधिकार संरक्षणमा पीडित पक्षिय न्याय प्रणालीका लागि निरन्तर पैरवी गर्नुपर्ने बताउनु भयो ।

उद्घाटन सत्रमा बोल्नुहुँदै नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले राजनीतिक व्यवस्था परिवर्तनले  महिलाहरुको अवस्था परिवर्तन गर्न मद्दत गरेको बताउनु भयो । हिजोको दिनमा महिलालाई असहाय र कमजोर दृस्ठिकोण बाट हेरिने गरेकोमा आज राज्य सन्चालनको उच्च तहमा महिलाको नेतृत्व स्थापित भएको बताउनुभयो । राष्ट्रपति, प्रधानन्यायाधीश , सभामुख र अहिले मुख्य सचीव महिला बन्न सक्नु अहिलेको संविधानको उपलब्धि भएको बताउनु भयो ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस