










५९६
Shares
थाक्रे: गाउँ पालिका वडा नम्बर – ९ स्थित ज्योति माध्यमिक विद्यालयमा विद्यालय प्रमुख, उप प्रमुख,कक्षा कप्तान तथा उप कप्तान पदहरूकालागि नमुना निर्वाचन द्वारा मतदान गरी छनौट सम्पन्न गरेको छ।



कुल २०३ मतदाताहरूलाई मतदाता शिक्षा प्रदान गरी मतदान प्रक्रियामा सहभागि गरिएको थियो। नमुना निर्वाचनमा आम निर्वाचनमा जस्तै नमुना मतपत्र निर्माण,उम्मेदवारी मनोनयन दर्ता, प्रचारप्रसार,प्रतिनिधि छनौट, मतदान, मतगणना,निर्वाचित उम्मेदवार घोषणा आदि कार्य गरिएको थियो।

उक्त नमुना निर्वाचन द्वारा सामाजिक विषयमा पठन पाठनहुने निर्वाचन संग सम्बन्धित विषयवस्तुलाई पठनपाठनमा सहजहुने र वालवालिकाहरूको नेतृत्व सक्षमतामा टेवा पुग्ने भयकोले यस कार्यक्रमको आयोजना गरिएको कुरा यस ज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा नमुना निर्वाचनका निर्वाचन अधिकृत सहदेव रेग्मीले बताउनु भयो।
नमुना मतदानद्वारा विद्यालय प्रमुखमा कक्षा १० बाट सकिल रिजाल तथा विद्यालय उप प्रमुखमा कक्षा १० बाटै आमोश विसुङ्के निर्वाचित हुनुभयो भने सबै कक्षाका कप्तान तथा उप कप्तान निर्वाचित भएका छन्। निर्वाचित उम्मेदवारहरूको पद तथा गोपनीयताको सपथग्रहण आइतबार हुनेछ।
शान्त र सौहार्द वातावरणमा सम्पन्न यस नमुना मतदान प्रक्रियाबाट बालबालिकालाई भविष्यमा मतदानमा सहभागिभई आफ्नो मत सुरक्षित कसरी गर्ने भन्ने शिक्षा प्राप्त भयको कुरा यस नमुना मतदानका मतदान अधिकृत तथा शिक्षक उमेश पौडेलले टोल टोल को खबरलाई जानकारी दिनुभयो।






