FLASH NEWS

आज बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्त गर्ने

  • टोलटोलको खबर
  • राजनीति
  • प्रकाशित मिति:
  • २०८० भाद्र १२, मंगलबार (२ साल अघि)
  • १८८

    Shares

आज बस्ने प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रश्नोत्त गर्ने

१२ भाद्र ,२०८०।          प्रतिनिधिसभाको बैठक आज बस्दै छ। आज बिहान ११ बजे बैठक बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयले जनाएको छ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी कार्यक्रम आजको बैठकमा हुनेगरी निर्धारण गर्नु भएको थियो ।

यसपटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरूले प्रश्न सोध्न पाउने छन्। प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ५६ बमोजिम प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर गर्ने कार्यसूचीमा रहेको जनाइएको छ।

त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संजनाइएको छ।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस