FLASH NEWS

बर्मामा सैन्य ‘कू’ : आङ सान सू की र राष्ट्रपतिसहित अन्य नेताहरु गिरफ्तार,के.पी.ले भने अबपालो नेपालको

  • टोलटोलको खबर
  • अन्तराष्ट्रिय
  • प्रकाशित मिति:
  • २०७७ माघ १९, सोमबार (४ साल अघि)
  • ५०७

    Shares

Post Thumbnail

म्यानमार : बर्मामा त्यहाँका सेनाले नेतृ आङ सान सू की र राष्ट्रपति विन मिन्टसहित अन्य नेताहरुलाई पक्राउ गरेको छ। म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू कीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्।सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू कीलाई पक्राउ गरिएको हो।

गत नोभेम्बरमा भएको चुनावमा एनएलडीले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ।

सोमबार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान गरिरहेको छ।

अन्य पनि पक्राउमा

पार्टी प्रवक्ता म्यो न्यूनले रोयटर्स समाचार संस्थालाई फोनमार्फत् जानकारी दिँदै सू कीका साथै राष्ट्रपति वुइन मीयन र अन्य नेताहरूलाई पनि बिहान सबेरै लगिएको बताएका छन्।

‘म हाम्रा मानिसहरूलाई जथाभावी केही नगरियोस् भन्न चाहन्छु र उनीहरूले कानुन अनुसार गरून् भन्ने चाहन्छु’,  उनले भने। उनले आफूलाई पनि पक्राउ गरिने ठानेको बताए।

बीबीसीका दक्षिण पूर्व एशिया संवाददाता जोनाथन हेडले राजधानी नेपिद्अ र मुख्य सहर यानगुनका गल्लीहरूमा सेनाहरू देखिएको बताएका छन्।

सडकमा सेनाको उपस्थिति

बर्माको राजधानीमा टेलिफोन र इन्टरनेट सेवा बन्द गरिएको छ।

सेनाले थुप्रै ठाउँहरूमा मुख्य मन्त्रीका घरहरूमा पनि पुगेर उनीहरूलाई लगेको परिवारका सदस्यहरूले बताएका छन्।

सेनाले कू गर्न खोजेको भन्ने चासोहरू व्यक्त भएपछि गत शनिवार त्यहाँको सशस्त्र फौजले सेनाले संविधानको पालना गर्ने वाचा गरेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस