FLASH NEWS

कसलाई मतदान गर्नुहुन्छ भन्ने प्रश्न नगर्न निर्वाचन कार्यालयको आग्रह

  • टोलटोलको खबर
  • निर्वाचन २०८२
  • प्रकाशित मिति:
  • २०८२ माघ २५, आईतबार (४ घण्टा अघि)
  • ४६

    Shares

कसलाई मतदान गर्नुहुन्छ भन्ने प्रश्न नगर्न निर्वाचन कार्यालयको आग्रह

काठमाडौँ : सामाजिक सञ्जाल र केही अनलाइन सञ्चारमाध्यममार्फत सर्वसाधारण तथा मतदातासँग ‘कसलाई मत दिनुहुन्छ’ भनी सोधेर मतदाताको गोपनीयता भङ्ग गरिएको भन्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौँले आपत्ति जनाएको छ। निर्वाचन आचारसंहिता, २०८२ को दफा ४ विपरीतका यस्ता गतिविधि नगर्न/नगराउन कार्यालयले ध्यानाकर्षण गराउँदै रोक नलगाइए प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि मतदानको दिनभन्दा १७ दिनअघि मात्र प्रचारप्रसार गर्न पाइने व्यवस्था भए पनि कतिपय राजनीतिक दल, तिनका प्रतिनिधि तथा उम्मेदवारले समयअगावै कोणसभा, प्रचारप्रसार सामग्री प्रकाशन–प्रसारण र घरदैलो कार्यक्रम गरिरहेको जानकारी प्राप्त भएको कार्यालयले जनाएको छ। आचारसंहिता उल्लङ्घन गरी गरिएको कुनै पनि प्रकारको प्रचारप्रसारको प्रमाण फेला परे तत्काल कारबाही गरिने निर्वाचन कार्यालयले स्पष्ट पारेको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस