FLASH NEWS

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुदै

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ माघ ६, मंगलबार (६ घण्टा अघि)
  • ६४

    Shares

फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुदै

काठमाडौँ :    आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ मंगलबार देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
प्रचलित कानुनअनुसार योग्यता पुगेका व्यक्तिले मनोनयनपत्र दर्ता गर्दा प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम ८ बमोजिम सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका एक जना प्रस्तावक र एक जना समर्थकको विवरण तथा सहिछाप आवश्यक पर्नेछ।

दलको तर्फबाट उम्मेदवारी दिने हकमा उम्मेदवार मनोनयनको औपचारिक पत्र सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समिति वा सोसरहको समितिका अधिकारप्राप्त पदाधिकारीले प्रदान गरेको हुनुपर्नेछ।
यस्तै, एकल चुनाव चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी दलहरूको हकमा प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ बमोजिमको उम्मेदवार मनोनयनको औपचारिक पत्र अनिवार्य गरिएको छ।

उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद वा भौचर पनि पेश गर्नुपर्नेछ। महिला, दलित, अल्पसङ्ख्यक समुदाय तथा आर्थिक रूपमा विपन्न उम्मेदवारको हकमा धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था छ।
आर्थिक रूपमा विपन्न उम्मेदवारले सम्बन्धित स्थानीय तहबाट विपन्न भएको सिफारिस पत्र बुझाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ। साथै, उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ अनुसारको स्वघोषणा पत्र पनि अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

 

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस