FLASH NEWS

निष्पक्ष निर्वाचन गराउनु सरकारको मुख्य जिम्मेवारी रहेको गृहमन्त्री अर्याल 

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ आश्विन २, बिहिबार (१ महिना अघि)
  • १९८

    Shares

निष्पक्ष निर्वाचन गराउनु सरकारको मुख्य जिम्मेवारी रहेको गृहमन्त्री अर्याल 

गृहमन्त्री ओमप्रकाश अर्यालले स्थितिलाई क्रमशः सामान्य बनाउँदै स्वच्छ र निष्पक्ष निर्वाचन सम्पन्न गराउनु वर्तमान सरकारको मुख्य जिम्मेवारी रहेको  बताउनु भएको छ।

फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भएको सन्दर्भमा निर्वाचन आयोगमा बिहिबार  आयोजित कार्यक्रममा मन्त्री अर्यालले जेनजी प्रदर्शनले पुनः जनतामा गएर वैधानिक मार्गबाट निर्वाचित भई आउने अवसर प्रदान गरेकाले निर्वाचनमा केन्द्रित हुन सबैलाई आग्रह गर्नु भयो।

उहाले  प्रविधिको प्रयोगमार्फत विदेशमा रहेका नेपालीले मतदान गर्न पाउने र जनप्रतिनिधिलाई बीचमै फिर्ता बोलाउन पाउने अधिकारलाई सुनिश्चित गर्नुपर्नेमा जोड  दिनु भयो । छलफलमा आयोगले हाल गरिरहेको काम र सरकारसँगको अपेक्षा प्रस्तुत गरेको थियो।

हामी सामाजिक सञ्जालमा

ताजा अपडेट

खोजी गर्नुहोस