FLASH NEWS

थाक्रे–११ बालुवा फाँटमा ६९औँ सहकारी दिवसमा रक्तदान कार्यक्रम, ३९ जनाले गरे रक्तदान

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ चैत्र २०, शुक्रबार (६ घण्टा अघि)
  • १००

    Shares

थाक्रे–११ बालुवा फाँटमा ६९औँ सहकारी दिवसमा रक्तदान कार्यक्रम, ३९ जनाले गरे रक्तदान

६९औँ राष्ट्रिय सहकारी दिवसको सन्दर्भमा धादिङ जिल्लाको थाक्रे गाउँपालिका–११, बालुवा फाँटमा एक अर्थपूर्ण तथा मानवीय रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

“रक्तदान जीवनदान” भन्ने मूल भावनालाई आत्मसात गर्दै आयोजना गरिएको उक्त कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उत्साह र सक्रिय सहभागिता देखिएको थियो।

मिलीजुली महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना, सिड्स नेपाल धादिङको सह-आयोजना तथा नेपाल रेडक्रस सोसाइटी धादिङ, केन्द्रीय रक्तसञ्चार केन्द्र र स्वयंसेवी रक्तदाता समाज नेपाल धादिङको प्राविधिक सहयोगमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो।
उक्त कार्यक्रममा २८ जना पुरुष र ११ जना महिलासहित जम्मा ३९ जना व्यक्तिहरूले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। रक्त अभाव न्यूनीकरण गर्ने पवित्र उद्देश्यका साथ सम्पन्न कार्यक्रममा सहभागीहरूले मानव सेवामा आफ्नो योगदान दिन पाएकोमा गर्व व्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै आयोजक संस्थाका प्रतिनिधिहरूले “रक्तदान नै जीवनदान हो” भन्ने सन्देशलाई व्यवहारमा उतार्दै यस्ता मानवीय र सामाजिक कार्यहरूमा सबैको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए। साथै, आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिँदै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
यस प्रकारका कार्यक्रमहरूले सहकारीको सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाउँदै समुदायमा एकता, सहकार्य र मानवीयताको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस