FLASH NEWS

आज ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिनुहुँदै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ चैत्र ११, बुधबार (१ दिन अघि)
  • ५२

    Shares

आज ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिनुहुँदै

काठमाडौँ :    राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ। शपथग्रहण बुधबार बिहान ११:१५ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने जनाइएको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित सदस्यमध्ये केसी ज्येष्ठ सदस्य हुन्। नेपाली कांग्रेसका सांसद केसी समानुपातिक निर्वाचन प्रणालीमार्फत निर्वाचित भएका हुन्।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सदस्य निर्वाचित भएका छन्।

ज्येष्ठ सदस्य केसीले प्रतिनिधिसभामा निर्वाचित अन्य सांसदहरूलाई यही चैत १२ गते पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस