FLASH NEWS

आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ चैत्र ११, बुधबार (१ दिन अघि)
  • ५०

    Shares

आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै

काठमाडौँ :  आज दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाइँदै छ। मानवअधिकार, समानता र सामाजिक न्यायप्रति विश्वव्यापी प्रतिबद्धता जनाउँदै विश्वका विभिन्न देशमा यो दिवस मनाइन्छ। यस अवसरमा संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा विशेष स्मृतिसभा आयोजना हुँदैछ।

सन् २००६ मा संयुक्त राष्ट्रसङ्घको महासभाले दास व्यापार र दासत्वलाई मानव इतिहासकै सबैभन्दा गम्भीर मानवअधिकार उल्लङ्घनमध्ये एक ठहर गर्दै एक प्रस्ताव पारित गरेको थियो। उक्त प्रस्तावअनुसार सन् २००७ मार्च २५ लाई यसको द्विशतवार्षिकीका रूपमा मनाउने घोषणा गरियो।

त्यसपछिको वर्ष सन् २००८ देखि हरेक वर्ष मार्च २५ का दिन दासत्व पीडितहरूको अन्तरराष्ट्रिय स्मृति दिवस मनाउन थालिएको हो।

ऐतिहासिक रूपमा, सन् १८०७ मा यही दिन बेलायतले दास व्यापार उन्मूलन ऐन पारित गर्दै अफ्रिकाबाट दास खरिद, बिक्री, साटासाट तथा स्थानान्तरणलाई गैरकानुनी घोषणा गरेको थियो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस