FLASH NEWS

तोलामा एक हजार छ सयले घट्यो सुन

  • टोलटोलको खबर
  • अर्थतन्त्र
  • प्रकाशित मिति:
  • २०८२ चैत्र १०, मंगलबार (२ दिन अघि)
  • २२

    Shares

तोलामा एक हजार छ सयले घट्यो सुन
काठमाडौँ:    स्थानीय बजारमा आज पनि सुनकोे मूल्य घटेको छ । सुन तोलामा रु एक हजार ६०० ले घटेको हो ।  चाँदी भने तोलामा रु ८० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७३ हजार ९०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ५०५ कायम भएको छ ।
सोमबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ७५ हजार ५०० र त्यति नै परिमाणको चाँदीको मूल्य रु चार हजार ४२५ कायम भएको थियो । गत आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ८२ हजार र त्यति नै परिमाणको चाँदी रु चार हजार ५४० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ३३५ र त्यति नै परिमाणको चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस