
१७३
Shares
धादिङ : धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ५ स्थित दामेचौरमा निःशुल्क आँखा शिविर सञ्चालन गरिने भएको छ। प्रेमसागर फाउन्डेसनको आयोजनामा चैत १४ र १५ गते दुई दिनसम्म शिविर सञ्चालन हुने जनाइएको छ।
शिविरलाई प्रभावकारी बनाउन थाक्रे गाउँपालिका वडा नं. ४, ५, ७ र ८ तथा थाहा नगरपालिका वडा नं. ११ र १२ का वडाध्यक्ष, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि र स्वास्थ्य स्वयंसेविकाहरूको सहभागितामा समन्वयात्मक भेला सम्पन्न गरिएको छ।
भेलाले शिविरबारे घरघरमै पुगेर जनचेतना फैलाउने र लक्षित समुदायलाई शिविरसम्म ल्याउने निर्णय गरेको छ।
शिविरको उद्घाटन थाक्रे गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले गर्ने कार्यक्रम रहेको छ। चैत १४ गते शनिबार बिहान ८ बजेदेखि शिविर सञ्चालन हुने बताइएको छ। शिविरमा आरम्भ ज्ञान प्रचार संघ र दि प्रेम रावत फाउन्डेसनको समेत समन्वय रहने जनाइएको छ।






