अरबी पात्रोको नवौँ महिनामा रोजा (व्रत) पूरा गरेपछि मुस्लिम समुदायले शनिबार इद उल फित्र पर्व मनाएका छन्। यस दिन विशेष नमाज पढी ठूलाबडाबाट आशीर्वाद लिने र सानालाई दिने चलन छ। आफन्तलाई सेवई, खजुरजस्ता मिठा परिकार खुवाइन्छ।
इदको मुख्य महत्व दानमा छ। आर्थिक अवस्था अनुसार गरिब र दीन दुःखीलाई सहयोग (जकात र फित्र) दिइन्छ। देशभरका मस्जिदहरूमा विशेष नमाज पढिन्छ। सरकारले पनि यस अवसरमा सार्वजनिक बिदा दिएको छ।