FLASH NEWS

आज विश्व हिमनदी दिवस मनाइँदै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ चैत्र ६, शुक्रबार (२ दिन अघि)
  • ४१

    Shares

आज विश्व हिमनदी दिवस मनाइँदै

काठमाडौंः संयुक्त राष्ट्रसंघ को आह्वानमा गत वर्षदेखि विश्व हिमनदी दिवस मनाउन सुरु गरिएको हो। हिमनदीको महत्व र संरक्षणबारे विश्वव्यापी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष मार्च २० मा मनाइन्छ।

पृथ्वीको पारिस्थितिक प्रणालीका लागि अत्यन्त महत्वपूर्ण मानिने हिमनदीहरूले ताजा पानीको प्रमुख स्रोतका रूपमा काम गर्नुका साथै समुद्री सतह सन्तुलन कायम राख्न र जैविक विविधताको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

हिमनदीहरू विश्वभरका करोडौँ मानिसका लागि पानीका मुख्य आधारसमेत हुन्। तर पछिल्लो समय बढ्दो विश्वव्यापी तापक्रमका कारण हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्, जसले पानीको अभाव, समुद्री सतह वृद्धि तथा बाढी र पहिरोजस्ता प्राकृतिक विपद्को जोखिम बढाइरहेको छ।

विश्वभरको पारिस्थितिक प्रणाली, मानव जीवनयापन र अर्थतन्त्रमा गम्भीर असर पार्ने जोखिम बढ्दो क्रममा रहेकोप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राष्ट्रसंघ ले यस चुनौतीलाई सम्बोधन गर्न हरितगृह ग्यास उत्सर्जन न्यूनीकरणका लागि ठोस कदम चाल्न अपरिहार्य भएको जनाएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस