
१६२
Shares
धादिङ : थाक्रे गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा वडा नम्बर ९ को वडा कार्यालयमा निःशुल्क नसर्ने रोग पहिचान शिविर सञ्चालन हुने भएको छ। गाउँपालिकाको स्वास्थ्य शाखाले नसर्ने रोगको पहिचान गर्ने उद्देश्यले उक्त शिविर आयोजना गर्न लागेको जनाएको छ।



वडाकार्यलयद्वारा जारी सूचनाअनुसार शिविरमा मधुमेह (सुगर) परीक्षण, उच्च रक्तचाप जाँच, मिर्गौला सम्बन्धी समस्याको परीक्षण तथा शरीरको उचाइ र तौलको अनुपात (बीएमआई) जाँच गरिनेछ।
स्वास्थ्य जाँच शिविर मंगलबार बिहान ११:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुनेछ। शिविर थाक्रे गाउँपालिका वडा नम्बर ९ को वडा कार्यालय भवनमा आयोजना गरिनेछ।
वडा कार्यालयले उक्त दिन स्वास्थ्य परीक्षण गराई आफ्ना स्वास्थ्य अवस्थाबारे जानकारी लिन वडा नम्बर ९ का सबै स्थानीय बासिन्दालाई उपस्थित हुन आग्रह गरेको छ।






