FLASH NEWS

थाक्रेमा काँग्रेसका नेता एमालेमा प्रवेश

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ फागुन २, शनिबार (१८ घण्टा अघि)
  • १९५

    Shares

थाक्रेमा काँग्रेसका नेता एमालेमा प्रवेश

धादिङ:  थाक्रे गाउँपालिका–८ का २३ जना काँग्रेसका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरी एमाले मा प्रवेश गरेका छन्। नवप्रवेशीहरूले विकास र समृद्धिका लागि एमालेले निरन्तर काम गरिरहेको भन्दै गलत बाटो छाडेर एमाले रोजेको बताएका छन्।

काँग्रेस थाक्रेका नेता कपिन्द्र सुवेदी, यादब सुवेदी र उमेश सुवेदीसहित ३२ जना एमालेमा समाहित भएको जनाइएको छ। समाज विकास, देशप्रेम र नागरिक उन्नतिका लागि एमालेले प्रभावकारी काम गर्ने विश्वासका साथ आफूहरू एमालेमा आबद्ध भएको उनीहरूको भनाइ छ। साथै, उनीहरूले धादिङ–१ का एमाले उम्मेदवार भूमी त्रिपाठीलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।

नवप्रवेशीहरूलाई स्वागत गर्दै धादिङ–१ का एमाले उम्मेदवार भुमि त्रिपाठी ले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान एमालेबाट मात्र सम्भव हुने बताउनु भयो उहाले कृषि व्यवसायीकरण, वैकल्पिक राजमार्ग निर्माण तथा काठमाडौं नजिकको केवलपुर–जीवनपुर क्षेत्रलाई सहरका रूपमा विकास गर्ने योजना अघि बढाइएको उल्लेख गर्दै आगामी दिनमा ती प्रतिबद्धता पूरा गर्ने दाबी गर्नु भयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस