FLASH NEWS

भूमि त्रिपाठी को प्रतिबद्धता : रोजगारी, विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड

  • टोलटोलको खबर
  • टोल टोलका कुरा
  • प्रकाशित मिति:
  • २०८२ फागुन २, शनिबार (१ दिन अघि)
  • ७६

    Shares

भूमि त्रिपाठी को प्रतिबद्धता : रोजगारी, विकास र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड

 धादिङ :  आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धादिङ निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार भूमि त्रिपाठी ले रोजगारी सिर्जना, विकास निर्माण र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

शुक्रबार धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २, ६ र ११ का विभिन्न टोल तथा बस्तीमा मतदाता भेटघाट गर्दै त्रिपाठीले “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय अभिभारा पूरा गर्न एमालेको जित आवश्यक रहेको बताउनुभयो।

उहाँले जनताका मुख्य समस्या सिँचाइ सुविधा अभाव, स्वच्छ खानेपानीको कमी, कृषि उत्पादनले उचित बजार नपाउनु तथा रोजगारीको अभाव रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि नीतिगत र कानुनी व्यवस्थामार्फत नागरिक हितमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो।

घरदैलो कार्यक्रम अन्तर्गत महादेवबेँसी, रानीबारी, बालुवाफाँट, चण्डीस्थान, मानखुटार, बाह्रकिला लगायतका स्थानमा कोणसभा समेत आयोजना गरिएको थियो।

कृषिको बजारीकरण र व्यवसायीकरणलाई प्राथमिकता दिने, शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक अधिकारका रूपमा सुनिश्चित गर्ने तथा बेरोजगार युवालाई रोजगारी प्रदान गर्ने खालका नीतिहरू ल्याइने त्रिपाठीले बताउनुभयो।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस