
५७
Shares
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धुनिवेशी नगर कमिटीले अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ। धादिङको धुनिवेशी नगरपालिका अन्तर्गत पुरानो धार्केमा आयोजित उक्त कार्यक्रममा धादिङ क्षेत्र नम्बर १ का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डे तथा नेता शालिकराम जम्कटेल ले सम्बोधन गर्नुभएको थियो।



उहाँहरूले आगामी राजनीतिक कार्यदिशा, संगठन सुदृढीकरण तथा प्रतिनिधि सभा निर्वाचनको तयारीबारे कार्यकर्ताहरूलाई स्पष्ट मार्गदर्शन दिनुभएको थियो। साथै, पार्टीलाई मजबुत बनाउँदै जनतामाझ प्रभावकारी ढंगले प्रस्तुत हुनुपर्नेमा जोड दिनुभएको थियो।
कार्यक्रममा नगरभित्रका करिब पाँच सयभन्दा बढी नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो। सहभागीहरूले संगठन विस्तार, जनसम्पर्क अभियानलाई तीव्रता दिने तथा समसामयिक राजनीतिक विषयमा साझा धारणा बनाउँदै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आगामी निर्वाचनलाई लक्षित गर्दै संगठन विस्तार र जनतासँगको सम्बन्ध सुदृढ गर्ने निष्कर्षसहित भेला सम्पन्न भएको नेकपा धुनिवेशीले जनाएको छ।






