FLASH NEWS

आज विश्व रेडियो दिवस मनाइँदै

  • टोलटोलको खबर
  • मुख्य समाचार
  • प्रकाशित मिति:
  • २०८२ फागुन १, शुक्रबार (२ दिन अघि)
  • ५२

    Shares

आज विश्व रेडियो दिवस मनाइँदै

काठमाडौँ : आज विश्वभर विविध कार्यक्रमका साथ विश्व रेडियो दिवस मनाइँदै छ। रेडियो, सञ्चार विज्ञ तथा प्रसारकहरूको सहभागितामा विभिन्न देशमा सचेतनामूलक कार्यक्रम आयोजना गरिएका छन्।

UNESCO को अगुवाइमा सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो। सन् १९४६ मा राष्ट्रसंघीय रेडियो सेवा स्थापना भएको दिनको स्मरणमा यो दिवस मनाइँदै आएको छ। युनेस्कोले पाँचै महादेशमा डिजिटल प्रसारणमार्फत शैक्षिक सामग्री श्रोतामाझ पुर्‍याउने जनाएको छ।

युनेस्कोका अनुसार रेडियोको महत्वबारे जनचेतना अभिवृद्धि गर्नु, निर्णयकर्ताहरूलाई सूचनामा पहुँच सुनिश्चित गराउनु, रेडियोको उपयोग प्रोत्साहित गर्नु तथा विश्वभरका प्रसारकहरूबीच अन्तर्राष्ट्रिय सहकार्य सुदृढ गर्नु यस दिवसको प्रमुख उद्देश्य हो।

मानव समाजको विविधतालाई उत्सवका रूपमा मनाउने सशक्त माध्यमका रूपमा रेडियोलाई लिइन्छ। लोकतान्त्रिक संवादका लागि रेडियो महत्वपूर्ण मञ्चका रूपमा स्थापित छ। विश्वस्तरमा अझै पनि सबैभन्दा धेरै सुनिने सञ्चार माध्यमका रूपमा रेडियो अग्रस्थानमा रहेको छ।

व्यापक श्रोतासम्म पुग्ने विशिष्ट क्षमताका कारण रेडियोले समाजमा विविधताको अनुभूति निर्माण गर्न, सबै आवाजलाई बोल्ने, प्रतिनिधित्व हुने र सुन्ने अवसर प्रदान गर्ने सार्वजनिक चौतारीका रूपमा भूमिका निर्वाह गर्दै आएको छ।

हामी सामाजिक सञ्जालमा
निर्वाचन २०८२

ताजा अपडेट

खोजी गर्नुहोस